काठमाडौं, २० पुस । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह इन्डोनेसिया गएका छन् ।

मेयर बालेन निजी भ्रमणको लागि इन्डोनेसिया गएको मेयरका प्रमुख स्वकीय सचिव भुपदेव शाहले जानकारी दिए ।

‘पुस १९ गते बेलुकी मेयरज्यू परिवारको सदस्य, सचिवालय सदस्यको परिवार र केही साथीहरु सहित इन्डोनेसिया भ्रमणमा निस्किनुभएको हो’, शाहले भने ।

उनका अनुसार बालेन २५ पुसमा नेपाल फर्किनेछन् । यो भ्रमण नितान्त निजी रहेको र सरकारी कार्यक्रम नरहेको स्वकीय सचिव भुपदेवले बताए ।

काठमाडौं महानगरको मेयरमा निर्वाचित भएपछि बालेनको पहिलो विदेश भ्रमण हो ।