मधेस कृषि विश्वविद्यालयलाई देशकै नमुना विश्वविद्यालय बनाउनुपर्छ : अध्यक्ष दत्त

सप्तरी, २० पुस । मधेशी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले मधेस कृषि विश्वविद्यालयलाई देशकै नमुना विश्वविद्यालय बनाउनु पर्ने आवश्यकता रहेको बताएका छन् ।
बुधबार राजविराजस्थित विश्वविद्यालयको अवलोकन गर्दै अध्यक्ष दत्तले विश्वविद्यालयलाई गर्नुपर्ने सहयोग तथा सहकार्यका लागि आयोग सधैं तयार रहेकोसमेत बताएका हुन् ।
अध्यक्ष दत्तलाई विश्वविद्यालयका उपकुलपति डा.वैद्यनाथ महतो, रजिस्ट्रार डा.भगवान ठाकुर सहितका पदाधिकारी तथा कर्मचारीहरुले स्वागत गरेका थिए ।

उपकुलपति तथा रजिस्ट्रारले अध्यक्ष दत्तलाई विश्वविद्यालयको प्रगतिबारे जानकारी गराएका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


