मन्त्रालय फुटाएर २५ भन्दामाथि लैजाने कुनै योजना नरहेको प्रधानमन्त्री प्रचण्डको स्पष्टोक्ति

काठमाडौं, २० पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय सरकारका मन्त्रालय नफुटाउने बताएका छन् ।
सत्ताधारी सात दललाई भाग मिलाउन मन्त्रालय फुटाउने चर्चा चलेका बेला दाहालको सचिवालयले त्यसको खण्डन गरेको हो ।
प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले मन्त्रालय फुटाएर २५ भन्दामाथि लैजाने कुनै योजना नरहेको बताएका छन् ।
बाहिर आएका कुरा हल्ला मात्रै भएको भन्दै उनले मन्त्रालय फुटाउने कुरामा प्रधानमन्त्री नै तयार नरहेको बताए ।
गठबन्धन दलहरुले बढीभन्दा बढी मन्त्रालय दाबी गरिरहेका बेला प्रचण्डलाई दबाब परिरहेको छ । संवैधानिक व्यवस्थाअनुसार संघीय सरकारमा बढीमा २५ जना मन्त्री बनाउन नपाइने व्यवस्था छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


