सर्वोच्चद्वारा मन्त्रिपरिषद्का नाममा कारण देखाउ आदेश जारी

काठमाडौं, २० पुस । सर्वोच्च अदालतले मन्त्रिपरिषद्का नाममा कारण देखाउ आदेश दिएको छ ।
मन्त्रिपरिषद्का नीतिगत निर्णय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हेर्न नपाउने व्यवस्थाविरुद्ध परेको रिटमा सर्वोच्चले कारण देखाउ आदेश दिएको हो ।
सर्वाेच्चको संवैधानिक इजलासले अन्तरिम आदेश दिन भने अस्वीकार गरेको छ । सर्वोच्च अदालतका कायमुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत र सपना प्रधान मल्लको संवैधानिक इजलासले बुधबार मन्त्रिपरिषद्का नाममा कारण देखाउ आदेश दिएको हो ।
जुरी नेपालका संस्थापक अध्यक्ष एवं अधिवक्ता राजुप्रसाद चापागाईले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाएर मंसिर ९ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।
रिटमा मन्त्रिपरिषद्को नीतिगत निर्णयको नाममा ठूला भ्रष्टाचार छानबिन हुन नसकेको जिकिर गरेका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


