काठमाडौं, २० पुस । सर्वाेच्च अदालतले काठमाडौं महानगरपालिका मेयर बालेन शाहले निर्वाचन आयोगलाई विपक्षी बनाई दायर गरेको रिट हेर्न नभ्याइने सूचीमा राखेको छ ।

बुधबारको संवैधानिक इजलासमा तोकिएको पेसी हेर्न नभ्याइनेमा परेको हो । समय अभावका कारण बुधबारको पेसीमा उक्त रिट हेर्न नभ्याइनेमा परेको हो ।

निर्वाचन आयोग ऐनका केही दफा संविधानसँग बाझिएको भन्दै ती दफा खारेज वा संशोधन लगायतका माग राख्दै पुस १९ गते संवैधानिक इजलासमा दर्ता गरिएको साहको रिट पुस २० गतेको पेसीमा चढेको थियो ।

साहले निर्वाचन खर्च नबुझाएको कारण ठूलो जरिवानाको घोषणा गरिएपछि निर्वाचन आयोगविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए ।