एकीकृत समाजवादीका महासचिव भुसाल अस्पताल भर्ना

काठमाडौं, २० पुस । नेकपा एकीकृत समाजवादीका महासचिव डा. वेदुराम भुसाल अस्पताल भर्ना भएका छन् ।
बुधबार आकस्मिक रुपमा स्वास्थ्यमा समस्या देखिएपछि भुसाल बासबारीस्थित न्यूरो अस्पताल भर्ना भएका हुन् ।
उनको सचिवालयका अनुसार उनको स्वास्थ्य परीक्षण भइरहेको छ ।
एक साताअघि एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल पनि अस्पताल भर्ना भएका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


