बागी उठेर विजयी भएका दीपेन्द्र पुन आत्मालोचनासहित माओवादीमै फर्किए

काठमाडौं, २० पुस । ४ मंसिरको प्रदेशसभा निर्वाचनमा बागी उठेर विजयी भएका दीपेन्द्र पुन ‘सिजल’ आत्मालोचनासहित नेकपा माओवादी केन्द्रमै फर्किएका छन् ।
उनी बुधबार बिहान माओवादी उपमहासचिव वर्षमान पुनसँगै बालुवाटार पुगेर प्रधानमन्त्री तथा पार्टी अध्यक्ष प्रचण्डलाई भेटेर माओवादीमै फर्किएका हुन् ।
गठबन्धनको उम्मेदवारविरुद्ध बागी बनेपछि उनलाई पार्टीले निष्कासन गरेको थियो । पुन पार्टीको पोलिटब्युरो सदस्य र रोल्पा जिल्ला इन्चार्जको जिम्मेवारीबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवार बनेका थिए ।
उनी तत्कालीन पाँचदलीय गठबन्धनबाट कांग्रेसका उम्मेदवारविरुद्ध बागी उठेर प्रदेशसभा सदस्यमा विजयी भएका थिए ।
रोल्पाको प्रदेश सभा (ख) मा कांग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले गठबन्धनबाट टिकट पाएपछि दीपेन्द्रले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
उनी दोस्रोपटक प्रदेशसभा सदस्य निर्वाचित भएका हुन् । पुनको फर्किएसँगै लुम्बिनी प्रदेशसभामा माओवादीको सांसद संख्या १० पुगेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


