कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पुस २८ गते बस्ने

काठमाडौं, २० पुस । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पुस २८ गते बस्ने भएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा पुस २८ गते दिउँसो १ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।
यसअघि पुस २२ गते निर्धारण गरिएको केन्द्रीय कार्यसमितिको बैठकको मिति परिवर्तन गरिएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
गत मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनपछि कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक पहिलो पटक बस्न लागेको हो ।
बैठकमा निर्वाचनपछिको समीक्षालगायत समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


