काठमाडौं, २० पुस । जनता समाजवादी पार्टी नेपालले सरकारमा सहभागी हुनका लागि तीनवटा सर्त राखेको छ ।

मंगलबार बसेको जसपा राजनीतिक समितिको बैठकले विभिन्न तीनवटा सर्त राखेको हो ।

संघीयता, गणतन्त्र र धर्मनिरपेक्षतालाई अस्वीकार गर्ने शक्तिहरू सरकारमा सहभागी भएकाले त्यो अवस्थामा यी विषयमा प्रतिकूल हुने गरी सरकारको न्यूनतम साझा नीति तथा कार्यक्रममा आएमा सरकारमा सहभागी हुने जसपाको पहिलो सर्त छ ।

संविधान संशोधनको विषय, नागरिकता समस्या समाधान र सुशासनको प्रत्याभूति नहुने अवस्था देखिएमा पनि सरकारमा सहभागी नहुने जसपाले जनाएको छ ।

शक्ति बाँडफाँट सम्मानजनक नभएको अवस्थामा सरकारमा सहभागी नहुने जसपाको तेस्रो सर्त छ ।