एमाले संसदीय दलको नेता चयन गर्न बुधबार बिहान फेरि बैठक बस्ने

जनकपुरधाम, १९ पुस । नेकपा एमाले मधेस प्रदेशको संसदीय दलको नेता चयन गर्न मंगलबार बसेको बैठकले कुनै निश्कर्ष लगाउन सकेको छैन् । बैठक बुधवार विहान ९ बजे पुनः बस्ने गरि स्थगित भएको हो ।
पार्टीका केन्द्रीय सचिव एवम् प्रदेश इन्चार्ज रघुविर महासेठ, सह–इन्चार्ज ज्वालाकुमारी साह, नेताहरु जुलीकुमारी महतो, लिलानाथ श्रेष्ठ, सुमनराज प्याकुरेल, जिल्ला अध्यक्ष रामअवतार यादवसहितको उपस्थितीमा भएको बैठकले दलको नेताको निश्कर्ष लगाउन सकेन ।
एमाले स्रोतका अनुसार सहमतिमै दलको नेता छान्ने र त्यसका लागि पुनः बुधवार विहान ९ बजे बैठक बस्ने समय निर्धारण गरिएको छ ।
नेकपा एमाले मधेस प्रदेशको दलको नेतामा महोत्तरीका सरोज यादव र शारदा देवी थापा, सप्तरीका राजकुमार लेखी एवम् धनुषाका रामचन्द्र मण्डलको दावी छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


