काठमाडौं, १९ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा समसामयिक राजनीति, नयाँ सत्ता गठबन्धन, सरकारको प्रभावकारिता लगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सो क्रममा सरकारको न्युनतम साझा कार्यक्रमबारे पनि छलफल भएको बताइएको छ । न्युनतम् साझा कार्यक्रमका लागि सत्ता साझेदार दलहरुले आ–आफ्नो सुझाव दिइसकेका छन् ।