रौतहटमा म्याजिक र मोटरसाइकल एक आपसमा ठक्कर खाँदा दुईजनाको मृत्यु

रौतहट, १६ पुस । रौतहटको चन्द्रनिगाहपुर गौर सडकखण्डमा म्याजिक र मोटरसाइकल एक आपसमा ठक्कर खाँदा दुईजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाइकलमा सवार माधवनारायण नगरपालिका–२ का ६५ वर्षीय परमात्मा साह र वडा नम्बर–३ का ५५ वर्षीय गौकरण राय यादव रहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका निमित्त प्रवक्ता डिएसपी उमशंकर यादवका अनुसार ना १ ज ६७४९ नम्बरको म्याजिक र बा ३९ प ६८६५ नम्बरको मोटरसाइकल जुध्दा मोटरसाइकलमा सवार साह र यादव दुबैजनाको टाउकोमा चोट लागेर गम्भीर घाइते भएका थिए ।
घाइते दुबैजनाको उपचारको क्रममा तराई सिटी अस्पतालमा मृत्यु भएको डिएसपी यादवले बताए । दुर्घटनामा परेका सवारी तथा म्याजिक चालक चन्द्रपुर–४ का २७ वर्षीय सहुल मियाँ नियन्त्रणमा रहेको तथा घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


