जनकपुरधाम, १६ पुस । डा. सिके राउत नेतृत्वको जनमत पार्टीको मधेस प्रदेश संसदीय दलको नेतामा महेशप्रसाद यादव चयन भएका छन् ।

सप्तरी निर्वाचन क्षेत्र नम्बर २ ‘ख’बाट निर्वाचित सांसद यादव दलको नेता चयन भएका हुन् । उनलाई सर्वसम्मत रुपमा दलको नेतामा चयन गरिएको डा. सिके राउतको सचिवालयले जनाएको छ ।

जनमतले दलको नेता चयनको जिम्मा पार्टी अध्यक्ष डा. सिके राउतलाई दिएको थियो ।

सचिवालयका अनुसार दलको सचेतकमा चन्दनकुमार सिंह (महोत्तरी), सचिवमा शम्भु साह (सप्तरी) र कोषाध्यक्षमा भाग्यश्री कुमारी चौधरी (सिरहा) चयन भएकी छन् ।

जनमत पार्टीको मधेस प्रदेशमा ६ जना प्रत्यक्ष र ७ जना समानुपातिक गरी १३ जना सांसद छन् ।