मधेस प्रदेशमा सभामुखका लागि पुस ३० गते मनोनयन दर्ता हुने

जनकपुरधाम, १६ पुस । मधेस प्रदेशमा सभामुख पदका लागि पुस ३० गते मनोनयन दर्ता हुने भएको छ ।
नवनिर्वाचित प्रदेशसभा सदस्यहरुले शपथग्रहण गरेसँगै शनिबार बसेको सर्वदलीय बैठकले यस्तो सहमति गरेको हो ।
बैठकमा सभामुख र उपसभासमुख चयनका लागि पुस ३० गते मनोनयन दर्ता गर्ता गर्ने र माघ २ गते उम्मेदवारीको प्रस्तावलाई प्रदेशसभामा निर्णयार्थ पेस गर्ने निर्णय गरिएको प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिए ।
प्रदेश प्रमुख हरिशंकर मिश्रले पुस १८ गतेका लागि प्रदेशसभाको पहिलो अधिवेशन आह्वान गरेपछि कार्यसुचिबारे समेत सर्वदलीय छलफल भएको उनले बताए ।
बैठकमा प्रदेशसभामा प्रतिनधित्व गर्ने दलहरुको तर्फवाट शुभकामना मन्तव्य राख्ने प्रदेशसभा सदस्यहरुको नामावली सफारिस गरिएको छ ।
प्रदेशसभा सदस्यहरुले शपथग्रहण गरेको १५ दिनभित्र सभामुख र उपसभामुख चयन गर्ने कानूनी प्रक्रिया छ ।
मधेस प्रदेशसभाले नयाँ सभामुख नपाएसम्म सप्तरी–४ ‘क’ बाट निर्वाचित ज्येष्ठ सदस्य गोवीन्द बहादुर न्यौपानेले प्रदेशसभाको अध्यक्षता गर्नेछन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


