पर्सा, १२ पुस । मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–२६ का २० वर्षीय राम प्रवेश पटेल, २६ वर्षीय अशोक पटेल, भारत बिहार पुर्वी चम्पारण रतनपुरका १९ वर्षीय शिवम पाण्डे र वीरगञ्ज– २४ का २० वर्षीय आकाश तिवारी छन् ।

वीरगञ्ज महानगरपालिका–८ स्थित पार्किङ गरी राखेको धोबिनी गाउँपालिका–४ लंगडी बस्ने रामबाबु कुमार गुप्ताको प्रदेश–२–०३–००७ प १७६६ नम्बरको मोटरसाइकलमा मास्टर साँचोको प्रयोग गरी रामप्रवेशले चोरी गरी लैजाँदै गरेको अवस्थामा वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

थप अनुसन्धानको क्रममा उनीहरूले बिभिन्न मिति र स्थानबाट अन्य मोटरसाइकलहरू समेत चोरी गरेको खुल्न आएपछि उनीहरूले चोरी गरेको ना ५२ प ५०२४, ना २७ प ७८४७, ना ११ प ११२१, ना ५३ प ७१०६, ना ३७ प ९८१८, ना ४६ प ८६२७ र प्रदेश–३–००८ प ७१८६ नम्बरको मोटरसाइकलहरू बरामद गरी उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ