बारामा परालले छोपेको अवस्थामा एक युवकको शव फेला

बारा, २९ मंसिर । बारामा परालले छोपेको अवस्थामा एक युवकको शव फेला परेको छ ।
जिल्लाको विश्रामपुर गाउँपालिका–५ इटियाहीमा जीतपुरसिमरा उपमहानगरपालिका–१० बस्ने २२ वर्षीय सुरज साह कानुको शव भेटिएको प्रहरीले जनाएको छ ।
तारले खुट्टामा बाँधेको र टिसर्टले मुख छोपेको अवस्थामा सुरजको शव भेटिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।
कर्तव्य गरी युवकलाई मारेर फालेको हुन सक्ने आशंका रहेको उनले बताए ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


