सर्लाही, २९ मंसिर । सर्लाहीको ब्रहम्पुरी गाउपालिका–३ स्थित हुलाकी राजमार्ग सडक खण्डमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते घाइते भएका छन् ।

बिहीबार दिउँसो ३ बजे सर्लाहीको पर्सा गाउँपालिकाबाट मलंगवा तर्फ जाँदै गरेको ज.२ त.५२७ नम्बरको ट्याक्टरले विपरित दिशातर्फ आउँदै गरेको बिआर ३० भी १६७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार महोत्तरीको ईटहरवाकट्टी–७ बस्ने ५७ वर्षीय सुरेन्द्र मण्डलको मृत्यु भएको हो ।

दुर्घटनमा परी रामनगर गाउँपालिका–४ बस्ने ३१ वर्षीय सञ्जय मण्डल घाइते भएका छन् । उनको उपचार प्रादेशिक अस्पताल मलंगवामा भइरहेको छ ।

मृतक मण्डलको शव पोष्टमार्डमका लागि मलंगवा अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक विजय यादवले जानकारी दिए ।

घटना लगत्तै ट्याक्टर चालक फरार भएको उनले बताए । ट्याक्टर र मोटरसाइकल प्रहरीको नियन्त्रणमा राखी अनुसन्धान भइरहेको डीएसपी यादवले जानकारी दिए ।