९२ किलो गाँजासहित ३ जना पक्राउ

सिरहा, २५ मंसिर । सिरहा प्रहरीले प्रतिबन्धीत लागूऔषध गाँजासहित तीनजनालाई पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय विष्णुपुरकट्टी र ईलाका प्रहरी कार्यालय लहानबाट खटेको प्रहरीको संयुक्त टोलीले धनगढीमाई नगरपालिका–१२ कुश्माहा खुट्टी खोलाबाट ९२ किलो गाँजासहित तीनजनालाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा भगवानपुर गाउँपालिका–४ बस्ने ४४ वर्षीय शिव नाथ मण्डल, ५५ वर्षीय बेचु मण्डल र सप्तरीको बोदेबर्साईन नगरपालिका–९ बस्ने ४८ वर्षीय रामकुमार साह रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुभास बुढाथोकीले जानकारी दिए ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


