सप्तरी, २५ मंसिर । सप्तरीमा सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ ।

जिल्लाको रुपनी गाउँपालिका–६ वीरेन्द्रबजारमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।

स४प १६३८ नम्बरको मोटरसाइकल सडकमा थुपारिएको माटोको ढिस्कोमा ठोकिएर दुर्घटना हुँदा मोटरसाइकलका चालक अन्दाजी ३५ वर्षीय पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उपचारको क्रममा गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको सनाखत हुन बाँकी रहेको छ ।