सिरहा, २३ मंसिर । सिरहामा पिकअपको ठक्करबाट एकजना पैदल यात्रीको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

जिल्लाको लहान नगरपालिका–३ मा बिहीबार राति भएको दुर्घटनामा जनकपुरधाम उपमहानगरपालिका–२३ बस्ने २४ वर्षीय मुकेश साह र २२ वर्षीय विवश खनाल घाइते भएका थिए ।

दुर्घटनामा परी घाइते भएका दुवैको धमिनी अस्पतालमा उपचार भइरहेकामा उपचारकै क्रममा मुकेशको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बा १९ च ६९३२ नम्बरको पिकअपले बिहीबार राति साढे ११ बजे पैदल यात्रीद्वयलाई ठक्कर दिएको थियो ।