मिडिया काउन्सिल मधेस प्रदेशका अध्यक्ष भट्टराईको निधन

जनकपुरधाम, १७ मंसिर । मिडिया काउन्सिल मधेस प्रदेशका अध्यक्ष शिवहरि भट्टराईको निधन भएको छ ।
नेपाल पत्रकार महासंघ सर्लाही शाखाको साधारणसभामा सहभागी हुन शुक्रबार साँझ सर्लाही पुगेका उनी शनिबार बिहान होटलको कोठामा मृत अवस्थामा भेटिएका हुन् ।
लालबन्दी नगरपालिका–१३ पत्थरकोटास्थित होलिडे रिसोर्टमा बसेका ६७ वर्षीय भट्टराई शनिबार मृत फेला परेको प्रहरीले जनाएको छ ।
भट्टराई नेपाल पत्रकार महासंघ सप्तरी शाखा संस्थापक सभापति र नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय उपसभापति समेत थिए ।
घटनाको बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


