सिरहामा वेवारिशे अवस्थामा नवजात शिशु फेला

सिरहा, १५ मंसिर । सिरहाको बरियारपट्टीमा वेवारिशे अवस्थामा एक नवजात शिशु फेला परेको छ ।
बरियारपट्टी गाउँपालिका वडा नम्बर–३ मा सालनालसहित नवजात शिशु फेला परेको हो ।
बरियारपट्टी बजार भन्दा ३०० मिटर पश्चिम र दक्षीणमा बिहीबार बिहान सालनालसहितका शिशु रोइरहेको अवस्थामा स्थानीयले देखेपछि ईलाका प्रहरी कार्यालय बरियापट्टीमा खबर गरेका थिए ।
घटनास्थल पुगेको प्रहरी टोलीले नवजात शिशुलाई उपचारका लागि जिल्ला अस्पताल सिरहा पठाएको छ ।
अवैध सम्बन्धबाट सो शिशु जन्मेको कारण कसैले जन्मकै बेला बेवारिशे फालेको हुनसक्ने प्रहरीको अनुमान छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


