सिरहा, १५ मंसिर । सिरहा प्रहरीले कटुवा पेस्तोलसहित दुई युवकलाई पक्राउ गरेको छ ।

जिल्लाको गोलबजार नगरपालिका–११ बलकवा मैनाबती पुलबाट कटुवा पेस्तोलसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गोलबजार–४ बस्ने १९ वर्षीय कृष्णा कुमार यादव र सोही नगरपालिका–११ बलकवा बस्ने २१ वर्षीय मोहम्मद अरमान खान रहेको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पेस्तोलसहित फेला पारी पक्राउ गरेको हो ।

घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।