पर्सा, १५ मंसिर । वीरगञ्जमा सवारी दुर्घटनामा परि एक वृद्धको मृत्यु भएको छ ।

मृत्यु हुनेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर–२४ बस्ने ७० वर्षीय रुपा राउत कुर्मी रहेको प्रहरीले जनाएको छ ।

उनलाई बुधबार साँझ साढे ६ बजेको समयमा वीरगन्ज मनपा–२५ चण्डाल चोकस्थित सडक खण्डमा ना ३ ख ६०७५ नम्बरको ट्रकले ठक्कर दिइ गम्भीर घाइते बनाएको थियो ।

उनलाई तत्कालै प्रहरीले उपचारार्थ अस्पताल पुर्याएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।