रौतहट, १५ मंसिर । रौतहट प्रहरीले स्रोत नखुलेको लाखौं नगदसहित दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गढीमाई नगरपालिका–४ सग्रामपुरका २९ वर्षीय राजुकुमार यादव र ३३ वर्षीय राजेश कुमार यादव रहेका छन् ।

सशस्त्र प्रहरी ११ नम्बर हेक्वा हजमिनिया गौरबाट प्रहरी निरीक्षक शंकर थापाको कमाण्डमा गएको टोलीले गौरस्थित बरहवा पुल छेउमा चेकजाँचको क्रममा दुबैजनालाई स्रोत नखुलेको १२ लाख ६४ हजार ८ सय रकमसहित नियन्त्रणमा लिएको हो ।

उनीहरुले प्रयोग गरेको प्रदेश ३९०२९०१३ प ४९५६ नम्बरको मोटरसाइकलसहित दुवैजनालाई आवश्यक कारबाहीका लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको सशस्त्र प्रहरी रौतहटका प्रमुख ध्रुव कार्कीले जानकारी दिए ।