कैलाली, ११ मंसिर । कैलालीको घोडाघोडी नगरपालिकामा वडाध्यक्षले प्रमुख प्रशासकीय अधिकृतको सरकारी निवासमा तोडफोड गरेका छन् ।

मदिरा पिइरहेको अवस्थामा विवाद हुँदा वडा नम्बर–१ का वडाध्यक्ष घनश्याम ओझाले प्रमुख प्रशासकीय अधिकृत दिपककुमार आचार्यको सरकारी निवासमा तोडफोड गरेका हुन् ।

गएराति मेयर खड्कबहादुर रावतसहित केही वडाका वडाध्यक्षले प्रमुख प्रशासकीय अधिकृत आचार्यको सरकारी निवासमा मदिरा सेवन गरेका थिए ।

मेयर रावत र प्रमुख प्रशासकीय अधिकृत आचार्यबीच विवाद हुँदा वडाध्यक्ष ओझाले लात्तले प्रहार गरेपछि टेबुल फुटेको छ ।

इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक लक्ष्मण शाहीले घटनाबारे आधिकारिकरूपमा जानकारी प्राप्त नभए पनि प्रशासकीय अधिकृतको निवासमा मदिरा सेवनपछि विवाद भएको सुनिएको बताए ।