जनकपुरधाममा क्याण्डल मार्चको आयोजना

जनकपुरधाम, १० मंसिर । “आतंकवाद विरुद्ध,शान्ति अभियान” नाराका साथ जनकपुरधाममा क्याण्डल मार्च गरिएको छ।
लोकतान्त्रिक युवा नागरिक समाजद्वारा आयोजना गरिएको कार्यक्रममा आजकै दिन १३ बर्ष पहिले मुम्बईको रियायसी एरिया, ताज होटल, मेरिन ड्राइभलगायतका ठाउँहरूमा पाकिस्तानी आतंकवादीद्वारा गरिएको आतंकी हमलामा मारिएका १६० जनासहित विश्वभरका आतंकी घटनामा सहादत प्राप्त गरेकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गरिएको हो ।
लोसपाका नेता राजिव झाले यस प्रकारको घटना घटाउने जुनसुकै देश, समुदाय, संस्था वा व्यक्तिलाई सामाजिक बहिष्कारका साथै विश्वभरका देशहरूले आतंकी घोषणा गर्नुपर्ने बताए ।
कार्यक्रममा हिन्दी अभियानी रमण पाण्डेयले यश प्रकारको घटना मनवता विरोधी रहेको भन्दै निन्दा गरे ।
दर्जनौँ व्यक्तिको उपस्थिति रहेको सो कार्यक्रम लोकतान्त्रिक युवा नागरिक समाजका अध्यक्ष मनिष झा श्रीओमको अध्यक्षतामा आयोजना गरिएको थियो ।
कार्यक्रममा सरसफाइ अभियानी रूवी झा, दिपक यादव, जनकपुर युथ क्लवका पूर्वअध्यक्ष गोविन्द राय चन्दन, सुभास कुमार शर्मा, जिरोमाइल युवा कमिटीका अध्यक्ष शिव शंकर मिश्रा, सुजीत प्रसाद शर्मा, मधेसी स्वास्थ्यकर्मी मन्चका केन्द्रिय अध्यक्ष राम गोपाल साह, सरसफाइ अभियानी किशोर कुमार, युवा अभियानी नवल किशोर, क्लोथ बैंकका कार्यालय सचिव कृष्णा साह, रंजीत कुमार, पारस ठाकुर सहितका वक्ताहरु आ-आफ्नो मन्तव्य राखेका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


