मुख्यमन्त्रीका दाबेदार कृष्ण यादव रौतहट १ (ख) बाट निर्वाचित

रौतहट, ८ मंसिर । रौतहटको क्षेत्र नम्बर–१(ख)बाट प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका कृष्णप्रसाद यादव विजयी भएका छन् ।
नेपाली कांग्रेसका मधेस प्रदेश सभापति समेत रहका यादवले आफ्ना निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार राजेशकुमार चौधरीलाई १ हजार ८९ मतान्तरले पराजित गरेका हुन् ।
यादव १२ हजार ४८९ मतका साथ विजयी भएका भने उनका निकटतम प्रतिद्वन्द्वी चौधरीले ११ हजार ४ सय मत प्राप्त गरेका छन् ।
नेपाली कांग्रेस मधेस प्रदेश प्रचार प्रसार प्रमुख नितेश कुमार गुप्ताले अब यादव नेपाली कांग्रेसको संसदीय दलको नेता बन्दै मधेस प्रदेशको मुख्यमन्त्री हुने दावी गरे ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


