सिरहा, ८ मंसिर । सिरहाको क्षेत्र नम्बर–४ प्रदेशसभा (क) बाट प्रदेशसभा सदस्यमा जनमत पार्टीका त्रिभुवन साह निर्वाचित भएका छन् । उनले पूर्वमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका महेन्द्र पासवानलाई पराजित गरेका हुन् ।

निर्वाचन क्षेत्र नम्बर–४ का निर्वाचन अधिकृत दीपेन्द्रनाथ योगीका अनुसार साहले ८ हजार २२९ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी पासवानले ७ हजार ८३ मत प्राप्त गरे ।

यस्तै, नेकपा एमालेका प्रकाश महासेठ ६ हजार ८७८ मत प्राप्त गरी तेस्रो स्थानमा रहे ।