सर्लाही–१ (ख) बाट एकीकृत समाजवादीकी बेची लुंगेली निर्वाचित

सर्लाही, ७ मंसिर । मधेस प्रदेशको प्रदेशसभामा नेकपा एकीकृत समाजवादीले खाता खोलेको छ ।
सर्लाही क्षेत्र नम्बर–१ (ख) बाट एकीकृत समाजवादीकी बेची लुंगेली निर्वाचित भएकी छन् ।
उनले ६ हजार ६९९ मतान्तरले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी शान्ति लामालाई पराजित गरिन् । लुंगेलीले १३ हजार ६७६ मत ल्याउँदा लामाले ६ हजार ९७७ मत पाइन् ।
स्वतन्त्र उम्मेदवार राजन श्रेष्ठ ५ हजार ९४५ मत ल्याउँदै तेस्रो स्थानमा रहे । लुंगेली मधेस प्रदेशका निवर्तमान प्रदेश सांसद समेत हुन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


