पर्सा, ७ मंसिर । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत दोस्रो पटक प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् ।

जनता समाजवादी पार्टीका उम्मेदवार राउत पर्सा–१ (ख) बाट ७ हजार ५४५ मत ल्याएर प्रदेशसभा सदस्यमा पुनः निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका रामनारायणप्रसाद कुर्मीले ६ हजार २१२ मत पाएका छन् ।

तेस्रो स्थानमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार विनयकुमार झाले २ हजार ८४१ र हाम्रो नेपाली पार्टीका ओमप्रकाश सर्राफले २ हजार ४१ मत पाए ।