सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु

सर्लाही, ६ मंसिर । सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।
ईश्वरपुर नगरपालिका–१२ स्थित पूर्व पश्चिम लोकमार्गमा प्रदेश–२–०३–००४ प ७८८४ नम्बरको मोटरसाइकल र ज.११प ८१० नम्बरको मोटरसाइकल आपसमा ठोक्किएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा बाराको कलैया उपमहानगरपालिका–१६ घर भएका ४५ वर्षीय कन्हाई चौधरी र महोत्तरीको बर्दिबास नगरपालिका–६ घर भएका २५ वर्षीय सुनिल आले मगरको मृत्यु भएको छ ।
सुनिल ज.११ प ८१० नम्बरको मोटरसाइकलका चालक हुन् । प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक विजय यादवले जानकारी दिए ।
मोटरसाइकलमा सवार बाराको कलैया घर भएका अजय कुमार पटेल र बर्दिबास घर भएकी २४ वर्षीया रुबिना तामाङ घाइते छन् । उनीहरूको उपचार भइरहेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


