सर्लाही, ६ मंसिर । सर्लाहीको निर्वाचन क्षेत्र नम्बर–४ मा प्रतिनिधिसभातर्फको पछिल्लो मतपरिणामअनुसार स्वतन्त्र उम्मेदवार अमरेश कुमार सिंहले झिनो मतले अग्रता कायम गरेका छन् ।

पछिल्लो नतिजा अनुसार अमरेशले २ हजार २५९ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका नागेन्द्र कुमार रायले २ हजार २५४ मत प्राप्त गरेका छन् ।

त्यस्तै, अर्का स्वतन्त्र उम्मेदवार मधुमाला कुमारी यादवले १ हजार ६३३ मत ल्याएकी छन् भने जसपाका उम्मेदवार राकेश कुमार मिश्रले ४७१ मत पाएका छन् ।