कैलाली, ६ मंसिर । कैलाली क्षेत्र नम्बर ३ मा रेशम चौधरीको पार्टी नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार विजयी भएका छन् ।

मंगलबार सकिएको मतपरिणामअनुसार नागरिक उन्मुक्ति पार्टी गंगा चौधरीले २३ हजार १२० मत ल्याउँदै विजयी भएका हुन् ।

उनका प्रतिस्पर्धी बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार कृष्णकुमार चौधरीले १७ हजार ७४९ मत पाएका छन् ।

राप्रपाका वीरेन्द्र बमले ६ हजार ३४२ र नेकपा एमालेका गौरीशंकर चौधरीले ९ हजार ८७४ मत पाएका छन् । यहाँ ६३ हजार ४४० मत खसेको थियो । जसमध्ये ५९ हजार ७१९ सदर भएको छ ।

त्यस्तै, ४ हजार २१ मत बदर भएको छ । नागरिक उन्मुक्ति पार्टी कैलालीमा अन्य दुई क्षेत्रमा पनि जितको नजिक छ ।