जनकपुरधाम, ६ मंसिर । धनुषाको निर्वाचन क्षेत्र नम्बर–२ को पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार उमाशंकर अरगरियाले अग्रता कायमै राखेका छन् ।

अरगरियाले ४ हजार १६६ मत प्राप्त गर्दा नेपाली कांग्रेसका उम्मेदवार रामकृष्ण यादवले ३ हजार ३७१ मत ल्याएका छन् ।

त्यस्तै, जनता समाजवादी पार्टी नेपालका उम्मेदवार गंगाराम यादव २ हजार २६७ मत ल्याएर तेस्रो स्थानमा छन् भने नेकपा एकीकृत समाजवादीका उम्मेदवार रामचन्द्र झाले १ हजार ७८७ मत मात्र पाउन सकेका छन् ।

त्यस्तै, जनमत पार्टीका उम्मेदवार जयनारायण साहले १ हजार ५७४ मत ल्याएका छन् ।