सर्लाही, ५ मंसिर । सर्लाहीको निर्वाचन क्षेत्र नम्बर–४ मा प्रतिनिधिसभातर्फको पछिल्लो मतपरिणामअनुसार स्वतन्त्र उम्मेदवार मधुमाला कुमारी यादवको अग्रता कायम रहेको छ ।

पछिल्लो नतिजा अनुसार मधुमालाले ८६४ मत प्राप्त गरेकी छन् । उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका नागेन्द्र रायले ८५० मत प्राप्त गरेका छन् ।

त्यस्तै, अर्का स्वतन्त्र उम्मेदवार अमरेश कुमार सिंहले ८१७ मत ल्याएका छन् ।