रौतहट–१ मा माधव नेपालको अग्रता

रौतहट, ५ मंसिर । रौतहटको निर्वाचन क्षेत्र नम्बर–१ मा प्रतिनिधिसभा सदस्य तर्फको पछिल्लो मतगणनाअनुसार सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार रहेका पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको अग्रता कायमै रहेको छ ।
पछिल्लो नतिजा अनुसार २ हजार ८२६ मतगणनामध्ये अध्यक्ष नेपालले १ हजार ४७५ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार अजयकुमार गुप्ताले १ हजार २३१ मत प्राप्त गरेका छन् ।
अन्य उम्मेदवारले ११ मत प्राप्त गरेका छन् भने ११९ मत बदर भएको मतदान अधिकृतको कार्यालयले जनाएको छ ।
रौतहट क्षेत्र नम्बर–१ मा प्रतिनिधिसभा सदस्यतर्फ विभिन्न पार्टीका ८ र ९ जना स्वतन्त्रसहित कूल १७ उम्मेदवार प्रतिस्पर्धामा छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


