निर्वाचन सम्पन्न गर्न भूमिका निर्वाह गर्ने सबैलाई तमलोपाले दियो धन्यवाद

जनकपुरधाम, ४ मंसिर । तराई मधेश लोकतान्त्रिक पार्टीले सफलतापूर्वक निर्वाचन सम्पन्न गर्न भूमिका निर्वाह गर्ने सबै पक्षलाई धन्यवाद सहित आभार व्यक्त गरेको छ ।
पार्टी अध्यक्ष बृषेश चन्द्र लालले आइतबार साँझ एक विज्ञप्ति जारी गर्दै निर्वाचन लोकतान्त्रिक प्रक्रियाको सुन्दर पक्ष रहेको बताएका छन् ।
तमलोपाले सम्पूर्ण मतदाताले परिवर्तनको पक्षमा मतदान गरेको विश्वास लिएको उनले उल्लेख गरेका छन् ।
अध्यक्ष लालले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘आज २०७९ मंसिर ४ गते आइतबार सम्पन्न निर्वाचनमा तराई–मधेश लोकतान्त्रिक पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्यमा प्रत्यक्ष र समानुपातिक तर्फका उम्मेदवारहरुलाई समर्थन र सहयोग गर्ने, कलश छापमा मतदान गर्ने लगायत मताधिकारको प्रयोग गरी लोकतन्त्रलाई मजबूत गर्ने सबैमा तमलोपा हार्दिक कृतज्ञताका साथ धन्यवाद व्यक्त गर्दछ ।’
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


