महोत्तरीको एक मतदान केन्द्रबाट चारजना फर्जी मतदाता पक्राउ

महोत्तरी, ४ मंसिर । महोत्तरीको एक मतदान केन्द्रबाट प्रहरीले चारजना फर्जी मतदातालाई पक्राउ गरेको छ ।
जिल्लाको गौशाला नगरपालिकास्थित निगौल मतदान केन्द्रमा अन्य मतदाताको नाममा मतदान गर्न आएका चारैजनालाई प्रहरीले पक्राउ गरेको हो ।
परिचयपत्र बिना आएका ती व्यक्तिलाई सोधखोज गर्दा अन्य व्यक्तीको नाममा मतदान गर्न आएको भनेपछि नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक रन्जन मिश्रले बताए ।
उनीहरूलाई अहिले इलाका प्रहरी कार्यालय गौशालामा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका व्यक्तिको नाम भने प्रहरीले खुलाएको छैन । पक्राउ पर्नेहरू सबै गौशालाका स्थानीय रहेको बताइएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


