सर्लाही, ४ मंसिर । सर्लाहीमा प्रहरीले फर्जी मत खसाउन खोज्ने दुईजनालाई पक्राउ गरेको छ ।

जिल्लाको बागमती र बलराबाट अर्काको नाममा मत खसाल्न खोज्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको हो ।

बागमती नगरपालिका–१२ बथनिय प्रावि मतदान केन्द्रमा फर्जी मत खसाल्न खोजेको आरोपमा २० वर्षीय मुस्कान मोक्तान र बलरा नगरपालिका–४ जब्दी प्रावि मतदान केन्द्रमा अर्काको नाममा मत खसाल्न गएका स्थानीय २८ वर्षीय आदित्य सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका दुबैजनालाई नियन्त्रणमा राखिएको र निर्वाचन ऐन अनुसार कारवाही गरिने जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक प्रविन पोखरेलले जानकारी दिए ।