११ जिल्लामा १०२ राउण्ड हवाइ फायर, ७५ ठाउँमा विवाद र झडप

काठमाडौं, ४ मंसिर । आइतबार निर्वाचनको क्रममा देशभरका ७७ मध्ये ११ जिल्लामा गोली चलेको छ ।
प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनको क्रममा चुनाव बिथोल्न खोज्ने प्रयास भएपछि प्रहरीले ११ जिल्लामा १०२ राउण्ड हवाइ फायर गरेको हो ।
रौतहट, सिरहा, चितवन, दोलखा, बाजुरा, डोटी, हुम्ला, दार्चुला, बझाङ, ताप्लेजुङ र स्याङ्जामा गोली चलेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी टेकप्रसाद राईले जानकारी दिए ।
डीआईजी राईले ११ जिल्लाका २४ स्थानमा १०२ राउण्ड हवाइ फायर भएको बताए । त्यस्तै, ७५ स्थानमा मतदानबारे विवाद र झडप भएको उनले जानकारी दिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


