जनकपुरधाम, ४ मंसिर । नेपाली कांग्रेसका सह-महामन्त्री महेन्द्र यादवले मतदान गरेका छन् ।

धनुषाको लक्ष्मीनिया गाउँपालिका-३ बनिगामास्थित श्री जनता आधारभूत विद्यालयमा रहेको मतदान केन्द्र पुगेर उनले मतदान गरेका हुन् ।

यादव धनुषा-४ को प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार हुन् ।