काठमाडौं, २ मंसिर । निर्वाचन आयोगले मनाङमा नेकपा एमालेको तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रहेका पोल्देन तोपाङ गुरुङलाई स्पष्टीकरण सोधेको छ ।

आयोगका अनुसार अनुमतिविना हेलिकोप्टर प्रयोग गरेको र मतदातालाई प्रभावित पार्ने उद्देश्यले याक काटेर भोजभतेर गरेको भन्ने उजुरीपछि उनलाई स्पष्टीकरण सोधिएको हो ।

गुरुङलाई २४ घण्टाभित्र आयोग वा जिल्ला निर्वाचन कार्यालय मनाङमा स्वयं उपस्थित भई सत्यतथ्य व्यहोरा खुलाई लिखित स्पष्टीकरण पेस गर्न भनिएको छ ।