जनकपुरधाम, १ मंसिर । धनुषा निर्वाचन क्षेत्र नम्बर-३ ‘क’ को प्रदेशसभा सदस्य पदका उम्मेदवार डा. प्रसन्न कुमार झाले आफ्नो जीत सुनिश्चित रहेको दावी गरेका छन् ।

दुई ठुला गठबन्धनबिचका उम्मेदवारहरूमाथि जनताको विश्वास नरहेकाले आफ्नो जीत सुनिश्चित रहेको उनले दावी गरेका हुन् ।

घरदैलो र चुनावी सभाको क्रममा जनताले परिवर्तन चाहेको कुरा आफूले देखेको उनको तर्क छ । डा. झाले युवा नेतृत्वले मात्र देशमा परिवर्तन ल्याउन सक्ने जिकिरसमेत गरेका छन् ।

उनले अरूको ईशारामा चल्ने र नेताको पछाडि लाग्ने युवाले भने केहि गर्न नसक्ने दावी गरेका छन् ।

झाले जनताले मंसिर ४ को निर्वाचनमा आफूलाई भारी मतले जिताउने विश्वास व्यक्त गरेका छन् ।