धनुषा २ मा गंगारामको रामकृष्णसँग प्रतिस्पर्धा हुने संकेत

जनकपुरधाम, १ मंसिर । आसन्न निर्वाचनअन्तर्गत धनुषाको निर्वाचन क्षेत्र नम्बर-२ मा जसपा नेपालका उम्मेदवार गंगाराम यादवबिच निर्णायक प्रतिस्पर्धा हुने संकेत देखिएको छ ।
२०७४ को निर्वाचनमा जसपाले जितेको सो क्षेत्रमा यसपालिको निर्वाचनमा पनि जसपा नेपालकै उम्मेदवार गंगारामलाई यहाँका मतदाताले विश्वास गर्ने देखिएको हो ।
त्यस क्षेत्रका जनताले अहिलेसम्म जनप्रतिनिधिको रुपमा गंगारामलाई नदेखेकाले पनि उनी मजबुत उम्मेदवारको रुपमा देखिएका हुन् ।
विगतमा एमालेमै रहेर दशकौंदेखि सक्रिय रुपमा समाजसेवाको काम गरेका र हाल जसपाका उम्मेदवार गंगाराम तर्फ सर्वसाधारणहरुको झुकाव रहेको बताइन्छ ।
लामो समय एमालेमा रहेर काम गरेपनि पार्टीले अवसर नदिएकाले गंगाराम त्यहाँका जनताको सहानुभूति समेत पाइरहेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


