सिरहाबाट पेस्तोलसहित दुई युवक पक्राउ

सिरहा, १ मंसिर । सिरहा प्रहरीले पेस्तोलसहित दुई युवकलाई पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा सुरक्षा बेस क्याम्पा मिर्चैयाबाट खटिएको मोबाइल गस्ती टोलीले मिर्चैया नगरपालिका–६ बाट जिल्लाकै नवराजपुर गाउँपालिका–५ का २९ वर्षीय प्रेम शर्मा र सोही गापा–३ का २७ वर्षीय आनन्द कुमार रामलाई पक्राउ गरेको हो ।
नम्बर मेटिएको होण्डा साइन मोटरसाइकललाई मिर्चैया–कटारी सडक खण्डको होलिडे होटल अगाडि चेकजाँच गर्दा उनीहरूको साथबाट पेस्तोल फेला परेको सशस्त्र प्रहरीले जनाएको छ ।
बरामद सामग्रीसहित दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि तत्काल इलाका प्रहरी कार्यालय मिर्चैयालाई बुझाइएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


