चार हजार रूपैयाँ घुससहित प्रहरी वरिष्ठ नायव निरीक्षक पक्राउ

जनकपुरधाम, १७ कार्तिक । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले धनुषाको सिमा प्रहरी कार्यालय जटहीका प्रमुख वरिष्ठ प्रहरी नायव निरीक्षकलाई घुससहित पक्राउ गरेको छ ।
अख्तिार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासबाट खटेको टोलीले वरिष्ठ प्रहरी नायव निरीक्षक देवकीलाल चौधरीलाई चार हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो ।
चौधरीलाई चार हजार रूपैयाँ घुससहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदिप बहादुर क्षेत्रीले जानकारी दिए ।
उनलाई जिल्लाको नगराईन नगरपालिका वडा नम्बर–२ जटहिस्थित विनायक ईन्टर प्राईजेज (मदिरा पसल)बाट अख्तियारको टोलीले पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


