रौतहट, ०७ असोज । रौतहटको परोहा नगरपालिका–८ पटेल चोकबाट कटुवा पेस्तोलसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारत बिहारको मोतिहारी जिल्ला श्रीपुर ग्राम बस्ने अन्दाजी ३७ वर्षीय गोबिन्द दास रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार बुधबार दिउँसो करिब ३ः२० बजे प्रहरी चौकी नरकटिया मोतिपुरबाट खटिएको टोलीले पटेल चोकमा चेकजाँच गर्ने क्रममा दासलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीलाई देखेपछि दासले आफूसँग रहेको पेस्तोल फालेर भाग्ने प्रयास गरेका थिए ।

सो क्रममा प्रहरीले उनलाई नियन्त्रणमा लिई फालिएको एक थान कटुवा पेस्तोल बरामद गरेको जनाएको छ ।

बरामद पेस्तोल र पक्राउ परेका दासको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।