उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व सम्पन्न, मधेस प्रदेशमा सोमबार सार्वजनिक बिदा

जनकपुरधाम, १४ कार्तिक । छठको अन्तिम दिन सोमबार उदाउँदो सूर्यलाई अर्घ्य दिएर पर्वको औपचारिक समापन गरिएको छ ।
छठ पर्वअन्तर्गत आइतबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको थियो । बर्तालुहरूले जलाशयमा पुगेर अस्ताउँदो सूर्यको आराधना गरेका थिए । छठमा सूर्यदेवको उपासना गरिन्छ ।
मधेस प्रदेशको राजधानी जनकपुरधामका गंगासागर, धनुष सागरलगायत नदी/खोला किनार र पोखरीमा बर्तालुहरूले सूर्यलाई अर्घ्य दिएका थिए ।

निर्जल र निराहार व्रत बसेका बर्तालुहरूले आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका थिए भने सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै पर्वको समापन भएको छ ।
आइतबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका उनीहरूले सोमबार बिहानै उदाउँदो सूर्यलाई अर्घ्य दिएका छन् । यससँगै छठको औपचारिक समापन भएको छ ।

यसैबिच, मधेस प्रदेश सरकारले छठ पर्वका अवसरमा छठको अन्तिम दिन सोमबार सार्वजनिक बिदा दिएको छ ।
संघ सरकारले छठको तेस्रो दिन अर्थात् अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिने दिन बिदा मात्र दिएपछि प्रदेश सरकारले छठको अन्तिम दिन अर्थात पारणको दिनसमेत प्रदेशमा बिदा दिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


