पर्सा, १४ कार्तिक । पर्सामा छठ घाट नजिकै एक युवकको शव फेला परेको छ ।

वीरगञ्ज महानगरपालिका–१० घडीअर्वा पोखरी नजिकै पकाहामैनपुर गाउँपालिका वडा नम्बर–१ धोरे बस्ने ३५ वर्षीय राजु दास मृत भेटिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।

डिएसपी गिरीका अनुसार घडिअर्वा पोखरीको पश्चिमतर्फको गेट नजिकै नालामा सोमबार बिहान उनी मृत अवस्थामा भेटिएका हुन् ।

घटनास्थलको जाँच मुचुल्का तयार गरी शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा पठाइएको तथा यस सम्बन्धमा थप अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ ।